नगरकोटैमा…

सुयसा दिदीले गरेको अनलाइन भोटिङको रिजल्ट आयो । हामी नगरकोट जाने भयौ ।
काम गरिरहेको संस्था विकास उद्यमी । गएको साउन तीन गते (१८ जुलाई) यो एक वर्ष पुगेको थियो । त्यो दिन पनि केक काटेर मनाएका थिँयौ । तर एनिभर्सरीमा कतै जाने योजना पहिलादेखिकै थियो नाइट स्टे गर्नेगरी कतै जाने कि एक दिने घुमघाममा रमाउने भन्ने अन्तिम प्रश्न बाँकी थियो ।
त्यसैको लागि गुगल फर्ममा अनलाइन भोटिङ भएको थियो । आफूले भोट हालेको विषयले जितेकोमा खुसी थिँए । तर नगरकोट जाने कुरामा घरायसी कारणले अंकिता र कलेजको कारणले इसा जान नपाएपनि बाँकी सबै जाने भए पछि लाग्यो नाईट स्टेको विपक्षमा कसैको पनि भोट गएनछ ।
नगरकोट जाने भनेपछि मन त्यसै फुरूंग । धेरैपल्ट नगरकोट पुगेर फर्किन थालिसकेको थियो । गुगलमा त्यहाँको बारेमा पढ्नेदेखि लिएर फोटोको पोज सिक्नेसम्म काम गरिसकेको थिँए । फोटोग्राफर सिमोन पनि त जाँदै थियो ।
तब बस् हिँड्नु थियो । शुक्रवार चार बजे हिँड्ने भइयो । Continue reading

Advertisements

अफसोच! – सुरज सुवेदी

कहिले कुइनो
कहिले घुंडो
कहिले टाउको
त कहिले गोलीगाँठो

शरीरका जुन भाग कडा छन्
ठोक्किएर
तिनै धेरै दुख्छन्

अफसोच
कडा हुनेहरू
यही कुरा बुझ्दैनन् । #SS

आन्दोलन र डेब्युहरू – सुरज सुवेदी

नाटक आँउदै गरेको कुरा उसले सुनाएन ।
अरूको मुखबाट सुन्दा दु:ख पनि लागेन । बरु मिठो ईर्श्या लाग्यो ।
केहिवर्षअगाडी सुरु हुने भनिएको ‘आन्दोलन’ रोकिएकोमा भने चिन्ता लागेको थियो । आन्दोलनकारीहरू भेटिएका थिएनन् । कथाका पात्रहरू कथामै थन्किएका थिए । बोल्नुपर्ने बोलीहरू सुनिएका थिएनन् । सबैभन्दा महत्त्वपूर्ण कुरा समय दौडिरहेको थियो ।
सौरभलाई हतार थिएन । Continue reading

अ म्यान रिप्लाईङ बर्थडे विसेज्- सुरज सुवेदी

बर्थडे विस गर्नेहरु सबैलाई गिफ्ट पठाउँदैछु ।

फेसबुक¸ टुईटर¸ ईन्टाग्राम¸ फोन र म्यासेजहरुमा आएका सबै शुभकामनाहरुले खुशी बनाएको छ । मेरो उमेर बढेकोमा खुशी हुँदै प्रगती पनि बढोस् भनिदिएका छन् सबैले । यहाँ भन्दा अरु के चाहियो ? मलाई एक वर्ष बुढो भएकोमा दु: ख छैन ।

‘कति वर्ष पुगिस् त?’ धेरैले यस्तो प्रश्न सोधे यसपाली ।

कसैलाई ‘केटालाई उमेर र केटीलाई तलब नसोध्नु’ त कसैलाई ‘१८ प्लस’ भनिदिँए । हाँस्ने बाहाना।

हाँस्ने बाहाना भएन भने त बाँच्ने बाहाना नै हुन्न नि हैन ?

रमाईला रमाईला विसहरुलाई छानेर यहाँ एकैठाँउ मिसाउनुको गहिरो स्वार्थ पनि त्यहि हो । फेसबुकको टाईमलाईनको भर हुन्न । फेसबुकको मात्र किन कुनै पनि टाईमलाईनको भर हुन्न । माथिबाट पुरिएपछि तलका सामाग्री कहाँ पुग्छन् कहाँ । उमेर जस्तै¸ संझनाहरु जस्तै । Continue reading

नसकिने भोक, नसकिने भोको घर

थिएटर मलमा भोकको घर हेरेर फर्किँए ।

आफैले अभिनय गरेर फर्किँए, कसैको अभिनय हेरेर फर्किँए वा अभिनय सिकेर फर्किँए यकिन छैन । निस्किएपछि ‘नाटक कस्तो लाग्यो?’ भनेर नाटकका निर्देशक केदार श्रेष्ठले सोध्दा मैले यहि भने, ‘नाटक भर्खर सुरु भयो दाई । अब घर पुगुन्जेलसम्म हेर्दै जान्छु ।’

मेरो नाटक हेर्ने भोक र दाईको प्रतिकृया सुन्ने भोक भेला भएको बेला थियो त्यो।

मलाई यो नाटक हेरेर मनमा खेलेका केहिकुराहरु मनन् गर्नु छ । नाटकका हरेक पात्रहरुसँग थिएटरबाट निस्किएपछि पनि नजिक हुने प्रयत्न गर्नु छ । ति पात्रहरु म सँग किन मिल्छन् भन्ने कुरा सोध्नु छ । तर सोध्ने पो कसलाई हो ?

र नाटकको मुख्य पात्र पुतली (जो मलाई मात्र मुख्य पात्र लागेको हुनसक्छ) लाई धेरैबेर संझिरहनु छ । वर्तमान समयमा त्यो नाटकको पुतली किन यति धेरै सान्दर्विक भएको ?
यसैले हतार गर्दैछु ।

हतार गर्नु पनि भोक लाग्नुको एक लक्षण होला । निर्देशकलाई नाटक गर्ने, कलाकारलाई अभिनय गर्ने र म जस्ता दर्शकलाई हेर्ने भोक नलागेको भए संभबत यो नाटक तयार थिएन। गोठालेको पालाको भोक अहिलेसम्म कायम नभएको भए पनि संभबत यो नाटक मंचन हुनुको अर्थ थिएन । ब्रोसरले सहि भन्छ, ‘समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रहँदा . . . नाटक हरेक समयको प्रतिनिधी हुनसक्छ ।’ प्रतिनिधी नै भन्ने शव्दसँग म पूर्णत सहमत छुईन तर यति हो निन्द्रा बिच्किईरहँदासम्म सुन्दर सपनाहरु टुंगिन पाँउदैनन् । सपनाहरु नटुंगिएसम्म निन्द्रा पुरा हुन पाँउदैन । झस्काईरहन्छ त्यस्तो विवशताले नाटककी सरितालाई जस्तै । किनकिन मलाई त्यो सरिताको दन्त्यकथामा रुमलिएको जीबन र मेरो हरेकदिनको पैदल हिँडाई उस्तै उस्तै लाग्यो । Continue reading

संग्राहलयमा ‘मिल्क टी’ को न्यारेसन – सुरज सुवेदी

दुईवटा झ्यालबाट छिरेको उज्यालोमा देखिने एउटा फ्ल्याट । क्लासिकल लुकमा सजाईएको सेट र दर्शकपट्टिको भित्तामा झुण्ड्याईएका दुईवटा पेन्टिङहरु । मण्डला थिएटरमा नाटक सुरु हुँदा पहिलोपटक देखिने दृश्य र संगीतले कुनै प्राचिन समयको झलक दिन्छ । तर यो अहिले भईरहेको समयको कथा हो ।

कथामा पार्शल आँउछ । प्रमुख पात्र राधा उक्त पार्शलको लागी आवश्यक पर्ने परिचयपत्र खोज्न समय लगाउँछिन् । दुईटा अर्थ छ, एक उसलाई कसैले दिएको परिचयपत्रमा विश्वास लाग्न छोडेको छ र दुई तमाम पुरुष पात्रसँग उनलाई केहि भन्नु छ, त्यसैले उनि आउने हरेक पुरुषलाई केहिसमय रोक्दैछिन् ।

भित्ताका पेन्टिङमा महिलाले पहाड थामिरहेको देखिन्छ । ति पहाडहरु हरिया छन् तर अलि गहिरिएर हेर्दा तिनीहरुको फेदलेनै महिलाको हात तानिरहेको हो कि जस्तो लाग्छ । हरिया पहाड र खैरा जरा । प्रकृतिको यो अनौठो संयोग केवल बोटबिरुवालाई सुहाँउछ, मान्छेलाई त बोटविरुवा हुनै आँउदैन । Continue reading

नचिनेका साना मान्छेहरुसँग

यसपटकको दशैमा केहि संझनाहरु दोहोरिए, केहि संझनाहरु थपिए ।

दशै सकेर घरबाट फर्कदा केहि केटाकेटीहरु यस्ता भेटिए जसले मलाई विशेष प्रभाव पारे ।  यसरी पनि सोच्छु, यसपटक मैले अलिक बढि केटाकेटीहरुलाई ख्याल गरेँ। सायद सानाको आफुलाई उनिहरुको भिन्दा भिन्दै अनुहारहरुमा भेटे हुँला । उनिहरुको प्रश्न, खेल, झगडा, तथा मित्रतामा आफुलाई पाँए हुँला ।

साँच्चै,उनिहरुले आफ्नो बाल्यकाल विताएर मेरो बाल्यकाल संझाईदिए ।

यहाँ त्यस्तै तीनजना केटाकेटीहरुसँगका किस्सा छन् जसको बारेमा अहिले सोच्दा पनि रमाईलो लाग्छ । रमाईलो त यो छ कि तिनीहरुलाई मैले पहिलोपल्ट भेटेको हुँ ।

Continue reading